२९ जेठ २०८३, शुक्रबार

एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित

असार २४, २०८०
काठमाडौं
एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित

नेकपा एमालेले आज (आइतवार) पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले अवरोध गरेका हुन् ।

एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलि (मंगलवार)बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको भन्दै राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । 

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्