२३ असार २०८३, मंगलबार

कांग्रेस सांसद भन्छन्- प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत

असार २४, २०८०
काठमाडौं
कांग्रेस सांसद भन्छन्- प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन् । 

आइतवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताए । प्रधानमन्त्रीले संसद्, सांसदहरू र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने उनले बताए ।

त्यस्तै प्रतिपक्षले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको उनको भनाइ छ । स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनले बताए । ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसद, सांसदहरू र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दा कमजोरी भएकै हो,' उनले भने, 'त्यसरी नै अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो । राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन ।’ 

त्यस्तै कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटी देखाएको बताए ।

कांग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे । संसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्