
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले शिशु प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा भदौ १ गते शुक्रबारका दिन बिहान ९ बजे शिशु प्रदर्शनी हुन लागेको हो ।
त्यसका लागि सो अस्पतालमा जन्मेदेखि १ वर्ष सम्मका बालबालिकाहरूलाई अभिभावकले सहभागी गराउन सक्ने सूचनामा उल्लेख छ ।
इच्छुक अभिभावकहरूले असार २५ देखि २४ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
शिशु प्रदर्शनीमा उत्कृष्ट हुने शिशुहरूलाई भदौ २० गते बुधबारका दिन अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने जनाइएको छ ।