३० जेठ २०८३, शनिबार

वैदेशिक रोजगारीमा महिला असुरक्षित हुने क्रम बढ्यो

असार २५, २०८०
काठमाडौं
वैदेशिक रोजगारीमा महिला असुरक्षित हुने क्रम बढ्यो

देशको अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठुलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु¥याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । 

सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप  समस्यामा  पर्दै  आएका  छन्  ।  संरक्षणमुखी  अवधारणाका नाममा विगत सात वर्षदेखि मलेसिया र खाडी मुुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठुलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको हो । 

सरकारले  महिला  श्रमिक  सुरक्षित  हुने  गरी  गन्तव्य मुलुकसँग सम्झौता गर्न नसक्नुु र महिला श्रमिकको  व्यवस्थापनमा  सरकारको  इच्छाशक्ति  कमजोर हुनुले ती मुुलुुकमा गएका महिला असुरक्षित हुुने व्रmम बढेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्