१२ साउन २०८३, मंगलबार

राजनीतिक दाउपेचका लागि प्रधानमन्त्रीको अभिव्यक्ति दुई दिनपछि मिडियामा ल्याइयोः राज्यमन्त्री सिर्पाली

असार २५, २०८०
काठमाडौं
राजनीतिक दाउपेचका लागि प्रधानमन्त्रीको अभिव्यक्ति दुई दिनपछि मिडियामा ल्याइयोः राज्यमन्त्री सिर्पाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन् । 

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन् । 

राजनीतिलाई सफा र पारदर्शी बनाउन सहमति जुट्न नसकेको उनले बताइन् । ‘राजनीतिक कहीँ न कहीँ कलंकित हुँदैछ । राजनीतिलाई सफा र पारदर्शी बनाउँभन्दा सहमति जुट्न सकेको छैन । राजनीतिलाई दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ,' उनले भनिन्, 'प्रधानमन्त्रीले १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने अनि राजनीतिमा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ ?’ 

मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्