०८ साउन २०८३, शुक्रबार

वान एक्स बेट प्रकरण: बल्छीलगायतले 'हामीलाई डुबायो' भनेका ढेडु बुढोले के भने ? यस्तो छ बयान

असार २५, २०८०
काठमाडौं
वान एक्स बेट प्रकरण: बल्छीलगायतले 'हामीलाई डुबायो' भनेका ढेडु बुढोले के भने ? यस्तो छ बयान

कलाकारहरूलाई प्रतिबन्धित 'वान एक्स बेट'को प्रचार गर्न प्रेरित गरेको भनिएका कलाकार सरोज घिमिरे उर्फ 'ढेडु बुढो'ले आफूलाई अपरिचित व्यक्तिले यस प्रकरणमा जोडेको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा आइतवार दायर गरेको अभियोग पत्रमा उल्लेख भएअनुसार घिमिरेले टेलिग्राममा सम्पर्कमा आएका अपरिचित व्यक्तिले विज्ञापन गर्न लगाएको उल्लेख गरेका छन् ।

'करीब २ महिनाअगाडि मेलमा अपरिचित व्यक्तिले टेलिग्राममा कुरा गरौं भनी म्यासेज गरेकाले मैले पनि हुन्छ भनी टेलिग्राममा कुरा गर्ने क्रममा निजले तपाईंको च्यानलमा 1xBET सम्बन्धी विज्ञापन गरौं, कमाई हुन्छ भनेकाले मैले हुन्छ भनेपछि निजले मलाई २० सेकेन्डको विज्ञापन पठाएकाले मैले आफूले सञ्चालन गर्दै आएको युट्युब च्यानलमा अपलोड गरेको हो,' उनले भनेका छन् ।

प्रतिविज्ञापन १५ देखि २० हजार आउने गरेको बताएका उनले राजु मास्टर, बल्छी ध्रुवे, भटभटे माइला लगायतलाई पनि विज्ञापन गर्न लगाएको स्वीकारेका छन् ।

आफूले विज्ञापन मात्र गरेको र सट्टेबाजी गर्ने वा गराउने काममा संलग्न नरहेको उनको दाबी छ ।  

कलाकार र युट्युबरहरूको हकमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिएर मुद्दा दायर गरिएको छ ।

दफा ५ (२) (ढ) मा प्रचलित कानूनविपरीत विज्ञापन गर्न नहुने उल्लेख छ । त्यस्तो कसुर गरेमा दफा २५ (२) अनुसार १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्