२८ जेठ २०८३, बिहीबार

श्राद्धमा कालो तिल, मह र कुशको महत्त्व

कात्तिक २०, २०७४
श्राद्धमा कालो तिल, मह र कुशको महत्त्व

 कालो तिल, मह र कुश तर्पण र श्राद्धकर्ममा अत्यन्त महत्त्वपूर्ण हुन्छन् । तिल र कुश दुवै भगवान् विष्णुको शरीरबाट निस्केको मान्यता छ । अनि पितृहरू पनि भगवानकै स्वरूप हुन् ।


गरुड पुराणका अनुसार तीनै देवताहरू ब्रह्मा, विष्णु र महेश कुशको क्रमशः जरो, मध्य र अग्रभागमा बस्नुहुन्छ । त्यसैले कुशको उपयोग गरेर पितृहरूलाई खुशी बनाउन सकिन्छ ।

कुशको अग्रभाग देवताको, मध्यभाग मनुष्यको र जरो पितृहरूको मानिएको छ ।

तिल पनि पितृहरूका लागि प्रिय र दुष्टात्माहरूलाई टाढा भगाउने वस्तु हो । श्राद्ध एवं तर्पण क्रियामा कालो तिलको महत्त्व छ । तिलदान गर्नु भनेको सुनदान गर्नुजत्तिकै मानिन्छ । तिलविनाको पानी पितृहरूले पाउँदैनन् ।

दान गर्दा हातमा कालो तिल अवश्य राख्नुपर्छ । यस दानको फल पितृ तथा दानकर्ता दुवैलाई प्राप्त हुन्छ ।

यसबाहेक मह, गंगाजल, जौ, दूध र घिउ पनि श्राद्धकर्ममा महत्त्वपूर्ण मानिएका छन् ।

पितृहरूको तृप्तिका लागि नित्य तर्पण गर्नुपर्छ । पूर्वमा देवतालाई, उत्तरमा ऋषिहरूलाई अनि दक्षिणमा यमराजलाई तर्पण गरेर पितृहरूलाई प्रसन्न राख्न सकिन्छ ।

भारतीय वेबसाइटबाट
 

salt training

कमेन्ट गर्नुहोस्