
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति सम्बन्धमा संसद्मा स्पष्टीकरणको मौका नपाएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिँदै प्रचण्डले अभिव्यक्ति सम्बन्धमा संसद्मा स्पष्टीकरण दिन खोजे पनि त्यसको मौका नपाएको बताएका हुन् ।
‘राजीनामा नआएसम्म संसद् चल्न दिँदैनौं किन भनियो ? यही हो संसदीय अभ्यास ? संसदीय अभ्यास र पद्धति के हो भन्ने प्रतिपक्षलाई थाहा छैन ?’ प्रचण्डले भने, ‘स्पष्टीकरण नदिई राजीनामा माग्ने ? के प्रतिपक्षले माग्दैमा राजीनामा दिनुपर्ने हो ?’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि प्रचण्डले संसद्मा स्पष्टीकरण दिएका हुन् ।