१० असार २०८३, बुधबार

बुटवलमा समातियो मोटरसाइकल चोर्ने गिरोह

असार २५, २०८०
बुटवल
बुटवलमा समातियो मोटरसाइकल चोर्ने गिरोह

संगठितरूपमा रूपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोहलाई रूपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरिएका १३ जनासहित बरामद भएका १४ वटा मोटरसाइकल सोमवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगरका १९ वर्षीया तरून राना, पश्चिम नवलपरासीको रामग्राम– १४ का ४३ वर्षका सुनिलकुमार चौधरी, रामग्राम– १६ का २० वर्षीय करन थारू, गुल्मी घर भई हाल रूपन्देहीको तिलोत्तमा– ५ बस्ने २६ वर्षका सरोज थापा, गुल्मी घर भई हाल तिलोत्तमा– ५ मै बस्ने  २६ वर्षका दीपक रेगामी मगर, तिलोत्तमा– ६ बस्ने २४ वर्षका दीपेश थापा रहेका छन् । 

त्यस्तै तिलोत्तमा– ६ का २५ वर्षका हितेश राना, बाग्लुङको बरेङ– ५ सुखौराका १९ वर्षीया आशिष सामत, सोही स्थानका वर्ष २० का दीपक सामत, वर्ष २९ का गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षका मिलन खत्री र रुपन्देहीको तिलोत्तमा– ४ का १८ वर्षका आकाश नेपाली रहेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले १३ जनामध्ये ६ जना एउटा समूहमा रहेको र अन्य सातजना विभिन्न समूहमा रही चोरीमा संंलग्न रहँदै आएको पाइएको जानकारी दिए ।

गत फागुनयता हराएका मोटरसाइकल खोजीका लागि डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्