
कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटी तथा कर्जामा लिने ब्याजदरमा नयाँ व्यवस्था गरेको छ ।
जसअनुसार सञ्चयकर्तालाई सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५० प्रतिशत गरिने भएको छ ।
यस्तै सञ्चयकर्ता विशेष सापटीमा ८.६०, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ व्याजदर लाग्ने भएको छ ।
यस्तै सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा ९.७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।
यस्तै धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रुपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरिएको मानव संसाधन व्यवस्थापन विभागका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।
उल्लेखित नयाँ व्यवस्था आगामी साउन १ देखि लागू हुनेछ ।