१५ असार २०८३, सोमबार

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

असार २५, २०८०
काठमाडौं
श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक बढाउने सङ्गठनको माग पूरा गराउन सरकारलाई दवाव दिने कांग्रेसले बताएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभरका ७७ वटै जिल्ला र सातवटै प्रदेशलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार पुर्याउन माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राईले अहिले बजार मूल्य वृद्धि र महङ्गी बढेकाले वर्तमान लिँदै आएको पारिश्रमिकले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या भएकाले पारिश्रमिक वृद्धि गर्नका लागि सरकारलाई दबाब दिन लागेको बताए ।

कांग्रेसले आगामी असार २७ गते ‘श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार निर्धारण गर’ व्यहोराको एसएमएस प्रधानमन्त्री, श्रममन्त्री र सचिवलाई गर्ने, असार २८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

यस्तै, असार २९ गते सातै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, असार ३१ गते काठमाडौँमा राष्ट्रिय समितिले श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव राईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्