
सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ । विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको 9N AMV कलसाइन हेलिकप्टरका पाइलट गुरुङ रहेको खुलेको हो ।
हेलिकप्टरमा सवार पाँचै जना यात्रुहरू मेक्सिकन नागरिक हुन् । उक्त हेलिकप्टर लुक्लानजिकै सुर्कीबाट १०:०५ मा उडेर १०:१० मा सम्पर्कविहीन बनेको थियो ।
सोलु दूधकुण्डको सीमा क्षेत्र लाम्जुरापासबाट हेलिकप्टर सम्पर्कविहीन भएको मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए ।
कलसाइन हेलिकप्टर खोज्न अर्को हेलिकप्टर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।