०३ साउन २०८३, आइतबार

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीले गरे उपाध्यक्षसँग छलफल

असार २८, २०८०
काठमाडौं
पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीले गरे उपाध्यक्षसँग छलफल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग आज छलफल गरेका छन् । 

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय  अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक भोलि दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्