
काठमाडौं, २७ भदौ - महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले महिलाहरू आर्थिक रूपमा सक्षम नभए सम्म महिलाको अधिकार स्थापित हुन नसक्ने बताइन् । मंगलबार मन्त्रालयमा आयोजित महिला पत्रकार हरू संगको अन्तरक्रियामा मन्त्री कोइरालाले महिला हरू आर्थिक रूपमा सक्षम नभएकै कारण हिंसा को सिकार हुने गरेको भन्दै महिला अधिकार स्थापित हुन महिलाहरू सक्षम र सशक्त हुनुपर्ने बताइन् ।
उनले भनिन् ,"महिला हरूको आर्थिक आधार बलियो नभएकोले विभिन्न किसिमका हिंसामा परेका छन् । त्यसैले महिला हरू आर्थिक रूपमा बलियो हुन जरुरी छ । ग्रामीण क्षेत्रका महिलाको अवस्था अझै पनि दयनीय छ । ग्रामीण विपन्न महिलाहरू कुरिति र संस्कारको चपेटामा परेका छन् ।"
समाजिक परम्परा र करितिको कारण महिलाहरूमा खराब प्रभाव परेको भन्दै मन्त्रालयले अब यस्तो हिंसाबाट मुक्त गराउन विशेष कार्यक्रम ल्याउने बताइन् । उनले नव निर्वाचित स्थानीय तहका महिला जनप्रतिनिधिहरूलाइ मन्त्रालयले क्षमता विकास तालिमको अायोजना गर्न लागेको पनि जानकारी दिएकी छन् । मन्त्री कोइरालाले स्थानीय तहमा मेयर तथा उपमेयरमा र जनप्रतिनिधि मा धेरै महिला आउनु महिलाको ठुलो उपलब्धि भएको बताइन् ।
पहिलो चरणमा सातै वटा प्रदेशका महिला मेयर तथा उपमेयर लाई प्रशासनिक नेतृत्व विकास गर्न, न्यायिक क्षेत्र तथा संबैधानिक व्यवस्था को विषयमा जानकारी दिन मन्त्रालयले छिटै कार्यक्रम गर्ने जनाएको छ ।साथै अन्य महिलाहरूको लागि पनि आर्थिक सवलम्बन का कार्यक्रम गर्ने जनाएको छ ।मन्त्री काेइरालाले मन्त्रालयले बनाएको वार्षिक कार्ययोजना अनुरूप कार्य गर्न नसकिएको पनि बताइन् ।
महिला ,बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण को क्षेत्रमा कार्य गर्न ३७ बुदे कार्ययोजना समेत तयारी गरेकि छन् ।