१५ असार २०८३, सोमबार
निर्माण व्यवसायी आन्दोलित

भुक्तानी नपाएपछि सडकमा निस्किए निर्माण व्यवसायी, अर्थमन्त्रीको राजीनामा माग

असार २९, २०८०
काठमाडौं
भुक्तानी नपाएपछि सडकमा निस्किए निर्माण व्यवसायी, अर्थमन्त्रीको राजीनामा माग

निर्माण कार्यको म्याद थप गर्न र बाँकी भुक्तानी दिन माग गर्दै व्यवसायीहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । शुक्रवार माइतीघरमा भेला भई निर्माण व्यवसायीहरूले धर्ना दिएका हुन् । 

उनीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा समेत मागेका छन् । व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्री महतले नदिने भनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको र मजदुरलाई पारिश्रमिक दिन नसकेको उनीहरूले बताएका छन् । 

सरकारले निर्माण व्यवसायीहरूसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिनँ भन्न नपाउने उनले बताए । 

महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरूलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाएर भुक्तानी नदिँदा व्यवसाय नै धरापमा परेको बताए । भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।

व्यवसायीहरूले माइलस्टोनको व्यवस्था खारेज गर्, मूल्य समायोजन कार्यान्वयन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊलगायत प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्