०५ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लूबीच भेटवार्ता, एमसीसीबारे छलफल

असार २९, २०८०
काठमाडौं
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लूबीच भेटवार्ता, एमसीसीबारे छलफल

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

शुक्रवार अपरान्ह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको छ ।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 

परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लूलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे । 

सहायक विदेशमन्त्री लूले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

दुई देशको बीचको लामो मित्रवत् सम्बन्धमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भेटवार्तामा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्