१२ साउन २०८३, मंगलबार

सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित

असार २९, २०८०
काठमाडौं
सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन्  । संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ ।

salt training

कमेन्ट गर्नुहोस्