३१ असार २०८३, बुधबार

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

असार २९, २०८०
काठमाडौं
एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

कतारको दोहामा हुने २५औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल छन् भने महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास बासुकला रहने छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । नेपाली टोली भोलि कतार प्रस्थान गर्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्