
नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दै छ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल हुनेछ ।
साथै आन्तरिक संगठनका निमार्णका बारेमा बैठकमा समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक छलफल गरेका थिए ।