०५ साउन २०८३, मंगलबार

सूर्य नेपालको नयाँ ब्रान्ड मंगलदीप सयपत्री बजारमा

असार ३०, २०८०
काठमाडौं
सूर्य नेपालको नयाँ ब्रान्ड मंगलदीप सयपत्री बजारमा

सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती ‘मेरिगोल्ड’ बजारमा ल्याएको छ ।

हरेक पवित्र अवसरलाई लक्षित गरेर मेरिगोल्ड बजारमा ल्याइएको प्रालिले जनाएको छ ।

आकर्षक प्याकेजीङ रहेको सयपत्रीका हरेक प्याकमा ९ इन्चका ४० काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकेटको मूल्य ५० रुपैयाँ कायम गरेको छ ।

यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका लागि उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।

यस्तै यस अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास लिएको छ ।

यस नयाँ ब्रान्डले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकको मन जित्ने विश्वास कम्पनीले जनाएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जलि, त्रिसारा लगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्