काठमाडौं, २६ पुस-स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ ।

सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेको आजको राजधानी दैनिकले खबर छापेको छ | स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो ।
झडपमा नेविसंघले अनेरास्ववियु (क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ । उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ ।
तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ ।