२३ असार २०८३, मंगलबार

आक्रोश नेपालीको मृत्यु प्रकरण : मृतकका आफन्तलाई रोजगारी दिने सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन

असार ३०, २०८०
बुटवल
आक्रोश नेपालीको मृत्यु प्रकरण : मृतकका आफन्तलाई रोजगारी दिने सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन
फाइल फोटो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पीडित पक्षबीच सहमति भएको छ । ​

प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले सेवा ठप्प पारेका थिए । सहमतिसँगै आजदेखि पुनः सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले पीडित पक्ष र अस्पतालबीच सहमति भएको जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ ।

घटनाको छानबिन गर्न घोराही उपमहानगरपालिका–३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिमा प्रतिष्ठानबाट एक जना चिकित्सक, मृतकका आफन्त दुई जना, जिल्ला प्रशासनबाट एक जना, उपमहानगरको स्वास्थ्य शाखाबाट एक जना र राजनीतिक दलबाट एक जना सदस्य रहेका छन् ।

समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ । 

त्यस्तै, शैक्षिक योग्यता अनुसार मृतकका परिवारका एक जनालाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गरिने पनि सहमति भएको छ ।

सहमतिपछि बालकको शव आफन्तले बुझेका छन् । छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारमा लापरवाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए । उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले शुक्रवार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए ।

मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा. लामिछानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्