२३ असार २०८३, मंगलबार

रास्वपा सांसदको प्रश्न– इँटाभट्टामा मान्छे पोल्ने र भाला रोपेर मार्नेलाई जोगाउन विधेयक ल्याएको हो ?

असार ३१, २०८०
काठमाडौं
रास्वपा सांसदको प्रश्न– इँटाभट्टामा मान्छे पोल्ने र भाला रोपेर मार्नेलाई जोगाउन विधेयक ल्याएको हो ?

केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा फौजदारी अपराधसम्बन्धी केही व्यवस्था संशोधन गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले आपत्ति जनाएका छन् ।

हिंसात्मक राजनीति गरेको समूहलाई राजनीतिको मूल धारमा ल्याउन भन्दै सरकारले संसदमा पेश परेको विधेयकप्रति रास्वपा सांसदहरूले आपत्ति जनाएका हुन् । 

आइतवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथि विरोधको सूचना पेश गर्दै रास्वपा सांसद सुमना श्रेष्ठ र सोविता गौतमले सरकारले गलत नियतले विधेयक ल्याएको बताए । कतिपय संशोधन गर्नुपर्ने कानूनलाई समेत घुसाएर गलत मनसायले विधेयक ल्याइएको उनीहरूको आरोप छ ।

‘राजनीतिका नाममा कसलाई बचाउन ल्याएको विधेयक हो ? इँटाभट्टामा ज्युँदै मान्छे पोल्ने, एम्बुलेन्स थुतेर मान्छे थुतेर मार्नेलाई भगाउन  अथवा भाला रोपेर मार्नेलाई लागि ल्याएको हो ? यो विधेयक ?’ सांसद श्रेष्ठले प्रश्न गरिन् ।

विभिन्न कानूनलाई संशोधन गर्नेगरी सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा ल्याएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्