०७ असार २०८३, आइतबार

सशस्त्र प्रहरीमा बढुवाको तयारी, वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्मको सूचना निकालियो

असार ३१, २०८०
काठमाडौं
सशस्त्र प्रहरीमा बढुवाको तयारी, वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्मको सूचना निकालियो

    सशस्त्र प्रहरी बल, नेपालले आइतबार वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको छ । 

सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ   वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको हो । 
    यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ ।

यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ । आइतबार नै १ सय ९८ जना हवल्दारलाई बरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । 

यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् । 

यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ । यसैगरी विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने सशस्त्रका सहायक प्रवक्ता शैलेन्र्द थापाले बताए। 

अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७÷८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ । 
विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ, भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करीव ३ हजार कर्मचारी बढुवा भएका छन् । 

यस्तै ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करीव १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको थापाको बताए। 

लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा आज प्रकाशित सूचनाबाट कर्मचारीहरुमा रहेको निराशासमेत हटेर जाने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्