३० जेठ २०८३, शनिबार

‘हात्तीछाप’ हिन्दी भाषामा पनि डबिङ हुने, डिजिटल राइट्स बिक्री​

साउन २, २०८०
काठमाडौं
‘हात्तीछाप’ हिन्दी भाषामा पनि डबिङ हुने, डिजिटल राइट्स बिक्री​

छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । 

निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको हो । सोमवार निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबीच कागजी सम्झौता भएको छ । 

निर्माता नेपालीले फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने– ‘फिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ । हामीले सोही अनुसार सम्झौता गरेका छौँ ।’ 

यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रवीन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ । 

यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्वाजको कथा लेखन छ । फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले बिक्री गरिसकेका छन् । 

निर्माता नेपालीले ओएसआरलाई नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स महंगो रकममा बिक्री गरिएको खुलाए पनि रकम भने सार्वजनिक गर्न मानेनन् । 

यो फिल्मको नेपाल रिलिजअगावै लगानी सुरक्षित हुने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्