मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।
निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको हो । सोमवार निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबीच कागजी सम्झौता भएको छ ।
निर्माता नेपालीले फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने– ‘फिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ । हामीले सोही अनुसार सम्झौता गरेका छौँ ।’
यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रवीन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्वाजको कथा लेखन छ । फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले बिक्री गरिसकेका छन् ।
निर्माता नेपालीले ओएसआरलाई नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स महंगो रकममा बिक्री गरिएको खुलाए पनि रकम भने सार्वजनिक गर्न मानेनन् ।
यो फिल्मको नेपाल रिलिजअगावै लगानी सुरक्षित हुने देखिएको छ ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...