३२ असार २०८३, बिहीबार

वर्ल्ड च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने

साउन २, २०८०
काठमाडौं
वर्ल्ड च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने

जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । 

सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरे । ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

 नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा सञ्जय शाह छन् । नेपाल पौडी सङ्घका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउनेछन्।

 उक्त च्याम्पियनसिपअन्र्गत यही साउन ७ गते नासिरले चार सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । सोही दिन नासिरले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । साउन ९ गते डुवानाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले एक सय  मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । ११ गते डुवानाले एक सय मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली भोलि जापान प्रस्थान गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्