०४ साउन २०८३, सोमबार

घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड

कात्तिक २०, २०७४
घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड
भक्तपुर, २८ भदौ- मुलुकको अर्थतन्त्रको विकासका लागि विशिष्ट योगदान पु¥याउँदै आएका लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालय भवनको शिलान्यास गर्न आयोजित एक समारोहमा उनीहरूले यस्तो बताएका हुन् ।

साढे तीन तले उक्त भवनको शिलान्यास गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम भएर पनि सरकारले घरेलु तथा साना उद्योगको विकासमा ध्यान नदिएको बताए । घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिंदै विदेशमा यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्न सकिने उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले वित्तीय र प्रविधि पहुँच नै लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको भन्दै भने –‘ मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला ठूला लगानीमा रूचि देखाउँछन भने ग्रमीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’

संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको वित्तीय र प्रविधि पहुँच भएकोमा जोड दिंदै उनले भने – ‘कृषिमा धेरै प्रोजेक्टले अनुदान दिन्छन तर यो क्षेत्रमा न कुनै इन्सेन्टिभ छ नत सहज वित्तीय पहँच नै छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्तीमा बन्न लागेको सो भवन शिलान्यासकै क्रममा एक लाखभन्दा21731091_1565372546839147_1594261326202183968_n
बढी आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष वीरेन्द्र जतीले बताए । जग्गा खरिद गरेको करिब १५ वर्षपछि भवन शिलान्यास भएको भवन आगामी दुई वर्षभित्र निर्माण कार्य पूरा गरी संघको सचिवालय सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

भवनको शिलान्यास कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरेश प्रधान, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्