०५ साउन २०८३, मंगलबार

वर्ल्ड च्याम्पियनसिप खेल्न नेपाल टोली आज जापान प्रस्थान गर्दै

साउन ३, २०८०
काठमाडौं
वर्ल्ड च्याम्पियनसिप खेल्न नेपाल टोली आज जापान प्रस्थान गर्दै
प्रतिकात्मक तस्वीर

जापानको फुकुओका शहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा भाग लिन आज नेपाली टोली जापान प्रस्थान गर्दैछ ।

प्रतियोगितामा नेपालका ४ खेलाडीले सहभागिता जनाउने भएका छन् । 

सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मंगलवार सफलताको शुभकामना दिँदै बिदाइ गरे । ओलम्पिकको छनोट प्रतियोगिता रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टीम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टीम व्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा सञ्जय शाह छन् ।

नेपाल पौडी संघका अध्यक्ष बज्राचार्यले साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउनेछन् ।

च्याम्पियनसिपअन्तर्गत साउन ७ गते नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् भने साउन ८ गते गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । सोही दिन नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । साउन ९ गते डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । ११ गते डुवानाले १०० मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्