२५ जेठ २०८३, सोमबार

कालीमाटी तरकारी बजारको भाडा विवाद छताछुल्ल

साउन ३, २०८०
काठमाडौं
कालीमाटी तरकारी बजारको भाडा विवाद छताछुल्ल

सरकारले  दुई  वर्षका  लागि  कालीमाटी  र  बालाजु  तरकारी  बजारका  पसलहरूको  दुुईवर्षे  नवीकरण गर्ने निर्णय गरेसँगै कृषि अभियन्ताले विरोध गरेका छन् ।

कृषि अभियन्ताले कालीमाटी र बालाजु तरकारी  बजारका  पसल  पुनः  भाडामा  लगाउने  विवादास्पद  सम्झौता  खारेजीको  माग  गर्दै  विरोध  गरेका हुुन् । कालीमाटी  बजार  समिति  बोर्डले  कृषि  तथा  पशुपन्छी विकासमन्त्री वेदुराम भुसालको सहमतिमा गएको मङ्गलबार दुुई वर्षका लागि पुुनः सम्झौताको नवीकरण गर्ने निर्णय गरेको थियो ।

 कृषि अभियन्ताले प्रतिस्पर्धाबाट  किसान,  कृषि  सहकारी  र  कृषि  व्यवसायीलाई भाडामा लगाउनुपर्ने पसल सरकारले कानुनी व्यवस्थाविपरीत पुरानै व्यवसायीलाई दिएको भन्दै विरोध गर्दै आएका छन् ।  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्