२४ जेठ २०८३, आइतबार

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा

साउन ३, २०८०
काठमाडौं
स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोषकुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई मिडियाका अध्यक्ष दिनेशकुमार शाहीले सोामवार अपरेशन निर्देशकमा नियुक्त गरेका हुन् ।

देवकोटालाई सोमवार नै अध्यक्ष शाहीले कार्यालयमा स्वागत गरेका छन् । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले हाम्रो पात्रोका पूर्वसंस्थापक/एमडीको भूमिका निभाएका थिए । उनी नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम (NepGasm Comedy) का संस्थापक निर्देशकसमेत हुन् । 

२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध भए । एक दशकयता भने उनी डिजिटल मिडिया विज्ञका रूपमा सक्रिय छन्।   

टेलिभिजन मिडियाहरूको भीडमा एक वर्षअघि प्रसारण शुरू गरेको स्पेस फोरके टेलिभिजनले पछिल्लो समय व्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको छ । स्पेस फोरकेले गत भदौ ८ गतेदेखि आफ्नो प्रसारण शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्