
सन् २०१६ मा सामसुङ स्मार्टफोन नोट ७ को व्याट्रि अत्याधिक तातेपछि फोनमा आगो लागेका घटनाहरुपछि कम्पनीले मोबाइल लञ्च गरेको दुई महिनापछि यसको बिक्रीमा रोक लगायो ।
अमेरिका तथा दक्षिण कोरियामा चार्ज गर्ने क्रममा कयौं नोट ७ फोनमा धमाका भएको थियो । यस फोनलाई हवाई जहाजमा लैजान प्रतिवन्ध लागेको थियो । कम्पनीलाई करिब २५ ला नोट ७ बजारबाट फिर्ता लिन परेको थियो ।
जसका कारण यो कम्पनीलाई ५.३ अरब डलर नोक्सान भएको थियो भने यसको छवीमा पनि घटेको थियो ।
जाँचका क्रममा व्याट्रिमा खरावी आएको पत्ता लागेको थियो ।
अब व्याट्रिलाई ८ सुरक्षा चक्रबाट बनाइएको दाबीका साथ मंगलबार सामसुङले आफ्नो नयाँ स्मार्ट फोन नोट ८ बजारमा ल्याएको छ ।
एप्पलको अगामी आइफोनको आसपास सामसुङले नयाँ फोन लञ्चको तयारी किन ग-यो त ?
सामसुङले मार्च अप्रिल महिनामा सामसुङ ग्यालेक्सी सिरीजको स्मार्ट फोन लञ्च गर्ने गरेको छ । सेप्टेम्बरमा नोट सिरिज लञ्च गर्ने गरेको छ । एप्पलसँग समय मिल्नु संयोग भएको सामसुङले जनाएको छ ।
सामसुङ नोट ८ मा ६ जीवी रेम, ६४ जीवी इन्टरनल मेमोरी रहेको छ । जसको नेपाली बजारमा मूल्य १ लाख ८६ हजार हुने अनुमान गरिएको छ ।
नोट ८को विशेषता यसको ठूलो डिस्प्ले, डबल रियर क्यामेरा, इन्टेलिजेन्ट एस पेन, १० नैनोमिटर प्रोसेरलगात छन् ।