२४ असार २०८३, बुधबार

२४औँ स्मृति दिवसमा गायक अरुण थापा स्मृति साँझ आयोजना

साउन ३, २०८०
काठमाडौं
२४औँ स्मृति दिवसमा गायक अरुण थापा स्मृति साँझ आयोजना

‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध....।’ 
    
अजर अमर कालजयी गीत गाउने गायक अरुण थापाको २४औँ स्मृति दिवस भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । भक्तपुरलाई गीत, सङ्गीतका क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौँ फन भ्यालीमा ‘अरुण थापा स्मृति साँझ–२०८०’ को आयोजना गर्ने भएको छ । 
    
प्रालिले आज काठमाडौँ फन भ्यालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्व गायक अरुण थापाको २४औँ स्मृति दिवसको दिन पारेर यही साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँझ, २०८०’ को आयोजना गर्ने जानकारी दिए । 
    
जिल्लामा केही वर्षयता भक्तपुर साङ्गीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँझ गर्दै आएकामा यस वर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेन्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्षसमेत रहेका प्रालिका कार्यकारी निर्देशक कसपालले बताए ।
    
कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारको सहभागिता रहने बताए । 

salt training

कमेन्ट गर्नुहोस्