०९ असार २०८३, मंगलबार

जगदम्बा मोबाइल एप्लिकेसन सार्वजनिक

कात्तिक २०, २०७४
जगदम्बा मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं, २८ भदौ ।
जगदम्बा सिमेन्ट उद्योगले हाम्रा घर मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । प्रविधिको प्रयोगबाट नेपाली जनताको जीवनस्तर सहज तथा सम्बृद्धिका लागिग भन्दै जगदम्बाले बुधबर राजधानीका पत्रकार सम्मेलन गर्दै मोबाइल एप्लिकेसन बनाएको जनाएको हो । मोबाइल एप्लिकेसनमा घर निर्माण सम्बनिध कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर,डिलर मेसन लगायतका घर निर्मार्णमा आवश्यक सम्पूर्ण बस्तु तथा सेवा बारे जानकारी रहेको जगदम्बा सिम्ेन्टका ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले बताए ।
ऐप्लिकेसनमा निर्माण सामग्रीकको खोजी, सिमेन्टको गुणस्तरीयता, भुकम्प प्रतिरोधि,जगदम्बा सिमेन्टको प्रोफाइल तथा जगदम्बम सिमेन्ट सम्बन्धि सम्पूर्ण जानकारी रहेको पत्रकार सम्मेलनका जिानकारी दिइएको थियो । सो एप्लिकेसनमा जगदम्बा सिमेन्ट कहाँ पाइन्छ, युनिट कन्भर्टर, कम्पास जस्ता घर निर्माणका लागि उपयागी फिचर रहेका छन् ।
निर्माणका लागि चाहिने साम्रगीको छनोट, निर्माण लागत, भुकम्प प्रतिरिोधि घर निर्माण प्रक्रिया लगायतका जानकारीका लागि सबै उपभोक्ताले जगदम्बा सिमेन्टको बिक्री बितरण टिमसँग सिधा सम्पर्क गर्न सक्ने जगदम्बाका ब्राण्ड म्यानेजर दाहालले बताए । उनकाअनुसार मोबाइल एप्लिकेसनमा जग्गाको क्षेत्रफल निर्धारण लगायतका फिचरहरु समाबेश गरिएको छ ।
हाम्रो घर मोबाइल एप्लिकेसन हाल एन्ड्रोइड फोनको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ भने आइओएस फोनका लागि एप स्टोरमा छिट्टै उपलब्ध गराइने बताइएको छ ।
जगदम्बा सिमेन्टले आफ्ना दुई वटा उद्योगबाट विभन्न ब्राण्डहरु उत्पादन गर्दै आएको छ । यसका साथै जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्