×

NIC ASIA

आयोडिन नुन : सदरमुकाममा छ, गाउँमा पाइँदैन

काठमाडाैं | साउन ४, २०८०

Prabhu Bank
NTC
Premier Steels

कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत् पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।

Muktinath Bank

सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन नहुँदा सर्वसाधारण नुनकै लागि सदरमुकाम पुग्ने गरेका छन् । सदरमुकामस्थित डिपोमा साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडका कर्मचारीले नुन वितरण गरिरहेका छन् । गाउँका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले आफैँ ढुवानी तथा बिक्री गर्दै आएका छन् । जाजरकोटका दल्ली र थलह डिपोमा नुन छ । अन्य डिपोमा नुन सकिएको छ । जुनिचाँदेको ताँगामा भने अहिले नुन नरहेको बताइएको छ । डोल्पाको सदरमुकाम दुनैबाहेक अन्य ठाउँमा अहिले आयोडिनयुक्त नुन छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुफाल, काइगाउँ, सर्मी र लिकुमा आयोडिनयुक्त नुन नरहेको प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा कोभिडपछि नुन नै ढुवानी हुन सकेको छैन । यहाँ केन्द्रीय कार्यालय आफैँले तिब्बतमार्फत नुन ढुवानी गर्दछ । एक हजार सात सय २५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

रुकुम–पश्चिमको चौरजहारी र मुसिकोटमा दुई डिपो छन् । मुसिकोटमा मात्र नुन छ भने चौरजहारी नुन नरहेको बताइएको छ । जुम्लामा दुई डिपो र एक बिक्री केन्द्र रहेका छन् । त्यहाँ पनि सदरमुकामबाहेक अन्य ठाउँमा नुन छैन । कालीकोट सदरमुकामा डिपो छ भने अर्को रासकोटमा बिक्री केन्द्र छ । अहिले रासकोटमा नुन नरहेका अवस्था छ ।

Vianet communication

हुम्लाको सदरमुकाम सिमकोटबाहेक बाहिरका डिपो तथा बिक्री केन्द्रमा नुन नरहेको सो कार्यालयले जनाएको छ । सर्केगाड, श्रीनगर, याल्वाङ्गमा बिक्री केन्द्रमा नुन नरहेको पाइएको छ । यहाँ हवाइमार्गमार्फत नुन ढुवानी हुने गरेको छ । मुगुको सदरमुकाममा डिपोबाहेक अन्य दुई ठाउँमा बिक्री केन्द्रमार्फत नुन वितरण हुँदै आएको छ । अहिले सदरमुकामबाहेक अन्य बिक्री केन्द्रमा नुन छैन । श्रीकोट र सोरुकोटमा नुन सकिएको लामो समय भयो । 

कुन ठाउँमा कति कोटा 

रुकुम–पश्चिमको सदरमुकाममा तीन हजार सात सय १८ क्विन्टल कोटा निर्धारण गरिएको छ भने चौरजहारी बिक्री केन्द्रमा आठ सय ८५ क्विन्टल निर्धारण गरिएको छ । जाजरकोटको सदरमुकाममा एक हजार पाँच सय पाँच, दल्लीमा एक हजार ६२, थलहमा एक हजार ६२ र ताँगामा दुई सय ६५ दशमलव ५० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । डोल्पा सदरमुकाममा पाँच सय ३१, जुफालमा तीन सय ५४, सर्मीमा एक सय ७७, काइगाउँमा एक सय ७७ र लिकुमा एक सय ७७ क्विन्टल कोटा निर्धारण गरिएको छ । 

तिन्जेमा एक हजार सात सय २५ दशमलव ७० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यो कोटा अपर्याप्त रहेको जनगुनासोसमेत आएको छ । मुगुको सदरमुकाममा एक हजार दुई सय ३९, श्रीकोटमा आठ सय ८५, सोरुकोटमा आठ सय ८५ क्विन्टल नुनको कोठा निर्धारण गरिएको छ । 

कालीकोट सदरमुकाममा तीन हजार पाँच सय ४०, रास्कोटमा एक हजार एक सय ५० दशमलव ५०, जुम्लाको सदरमुकाममा तीन हजार ९८, नराकोटमा सात सय ९६ दशमलव ५० र गोरुचौरमा आठ सय ८५ क्विन्टल कोटा निर्धारण गरिएको छ । हुम्लाको याल्वाङ्ग बिक्री केन्द्रमा चार सय ४२ दशमलव ५०, श्रीनगरमा आठ सय ८५ र सर्केगाडमा आठ सय ८५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यहाँ नुन हवाइमार्गबाट नै ढुवानी हुँदै आएको प्रदेश कार्यालयका प्रमुख महेश चौधरीले बताए । नयाँ बोलपत्र भइसकेकाले ढुवानी प्रक्रिया सुरु हुने उनले बताए ।

कर्णालीमा २५ हजार क्विन्टल वार्षिक कोटा भएमा मात्र सबैलाई पुग्ने कार्यालय प्रमुख चौधरीले बताए । भारतबाट नुन आउने भएकाले कर्णालीको नुन नेपालगञ्जबाट ढुवानी हुने गरेको उनले बताए । सदरमुकाममा रहेका डिपोबाहेक अन्य ठाउँमा रहेका बिक्री केन्द्रमा ठेकेदार आफैँले ढुवानी गरेर आफैँले नुन बिक्री गर्दै आएका छन् । ठेकेदारले समयमै नुन ढुवानी नगर्दा कर्णालीका सर्वसाधारण हैरान हुँदै आएका छन् । आयोडिनयुक्त नुनको माग बढ्दै गए पनि सरकारले कोटा घटाउदै जाँदा समस्या हुने गरेको छ । बर्सेनि नुनको कोटा घटाउँदा दुर्गममा नागरिकलाई समस्या भएको जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ का कालीबहादुर खड्काले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x