
तस्करी गरेर भित्र्याइँदै गरेको झण्डै १ सय किलो सुन बरामद भएको भोलिपल्ट(बिहीवार) राजश्व अनुसन्धान विभागको टोलीले एयरपोर्ट भन्सारको गोदाम निरीक्षण गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना सहितको टोली एयरपोर्ट पुगेको हो ।
‘अरु पनि सुन भएको आधारमा त्यहाँ गोदाममा भएका अन्य कन्साइन्मेण्ट हेर्न राजश्वअ अनुसन्धान विभागको टोली आएको छ’ एयरपोर्ट भञ्सार सम्बद्ध स्रोतले लोकान्तरसँग भन्यो । प्रहरीसहित राजश्वको टोलीले शंकास्पद सामानको परीक्षण शुरू गरेको छ ।
भन्सार र राजश्वको टोलीले संयुक्त रुपमा खोजबिन गरिरहेको राजश्वका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । तर, अहिलेसम्म थप सुन फेला नपरेको उनले बताए ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको झण्डै १ क्विन्टल सुन बुधवार बरामद भएको थियो । बरामद सुनको वास्तविक तौल नाप्न र सुरक्षित भण्डारका लागि राष्ट्र बैंक पठाइएको छ ।