१२ असार २०८३, शुक्रबार

सुन प्रकरणका आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

साउन ४, २०८०
काठमाडौं
सुन प्रकरणका आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

झण्डै १०० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिन थुनामा राख्ने अनुमति दिएको छ ।

बिहीवार आरोपीहरूलाई अदालतमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिस्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

अहिलेसम्म विभागले १ चिनियाँसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बिहीवार पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । 

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधवार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्