१५ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

साउन ५, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए । 

उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्