३१ जेठ २०८३, आइतबार

पाकिस्तानकी सीमा भारतमा पक्राउ प्रकरण : काठमाडौंको पशुपतिनाथमा गरेकी थिइन् विवाह

साउन ५, २०८०
काठमाडौं
पाकिस्तानकी सीमा भारतमा पक्राउ प्रकरण : काठमाडौंको पशुपतिनाथमा गरेकी थिइन् विवाह

भारतको नोयडाका सचिन हैदरसँगको सम्पर्कले भारत पुगेकी पाकिस्तानकी सीमा यतिबेला प्रहरी नियन्त्रणमा छिन् । उत्तर प्रदेश प्रहरीको आतंकवाद नियन्त्रण सम्बन्धी ब्युरोले सीमालाई पक्राउ गरेर ‘जासुस’ हुनसक्ने आशंकामा छानबिन गरिरहेको छ ।

सीमा अध्यागमन प्रक्रिया पूरा नगरी अवैध तरिकाले पाकिस्तानबाट भारत पुगेकी हुन् । उनले पाकिस्तान प्रवेश गर्न नेपाल–भारत खुला सिमानाको प्रयोग गरेकी थिइन् ।

कुनै पनि पाकिस्तानीले भारत प्रवेश गर्न प्रवेश अनुमति लिनुपर्छ तर उनी भारत सरकारलाई थाहै नदिई भारत प्रवेश गरेपछि शंकाको घेरामा छिन् । भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहने गरेकाले पनि सीमा झन् शंकाको घेरामा छिन् ।

सचिन र सीमाको प्रकरण यतिबेला भारतीय सञ्चारमाध्यममा चर्चित बनेको छ । सचिन र सीमाले आफूहरू प्रेमीप्रेमिका भएको दाबी गरेका छन्, तैपनि उत्तर प्रदेश प्रहरीले छानबिन गरिरहेको छ ।

सीमाले पाकिस्तानबाट भारत पुग्न दुबई र नेपालको भूमि प्रयोग गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । सीमा पाकिस्तानबाट दुबई र दुबईबाट काठमाडौं हुँदै भारत प्रवेश गरेकी हुन् ।

सीमा दोस्रो पटकको प्रयासमा भारत पुगेकी जनाइएको छ । पहिलोपटक काठमाडौं आएर हप्तादिनसम्म सचिनसँग होटलमा बसी सीमा पाकिस्तान नै फर्किएकी थिइन् भने सचिन नोयडा फर्किएका थिए ।

null

काठमाडौंको नयाँ बसपार्कस्थित न्यु विनायक रोल्पा जलजला रुकुमेली गेस्ट हाउसको २०४ नम्बर कोठामा सचिव र सीमा बसेका आजतकले जनाएको छ । आजतकको टीमले होटलमै पुगेर सीमाका विषयमा रिपोर्टिङ गरेको छ ।

होटलमा बस्दा दुवैले आफ्नो नाम र परिचय सही बताएका छैनन् । सचिनले काठमाडौंमा नेपाली सीमकार्ड समेत लिएर फोन प्रयोग गरेको पाइएको छ ।

काठमाडौंमा सचिन र सीमाले पशुपतिनाथ मन्दिरमा हिन्दू रीतिअनुसार विवाह गराएका जनाइएको छ । सीमा पाकिस्तानमा हुँदा विवाहित थिइन्, उनले आफ्ना बालबच्चालाई पनि भारत ल्याएकी छन् । सीमा पाकिस्तानका पति गुलाम हैदरलाई सधैंका लागि छाडेर भारत पुगेकी छन् ।

यतिबेला सीमामाथि उत्तर प्रदेशको एन्टी टेररिस्ट स्क्वायड (एटीएस) ले अनुसन्धान गरिरहेको छ । सीमा अवैध तरिकाले भारत पुग्नु प्रेम चक्कर मात्रै हो कि जाजुसी वा आपराधिक उद्देश्य पनि हो भनेर एटीएसले छानबिन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्