०९ असार २०८३, मंगलबार
फोहोर व्यवस्थापनको प्रयास

रोकिएको काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै, अवरोध हटाउन २ ट्रक प्रहरी परिचालन

साउन ५, २०८०
काठमाडौं
रोकिएको काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै, अवरोध हटाउन २ ट्रक प्रहरी परिचालन

पाँच दिनदेखि रोकिएको काठमाडौंको फोहर बञ्चरेडाँडामा झार्नका लागि प्रहरी परिचालन गरिएको छ ।

फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि फोहर व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर लिएर गएका गाडी नुवाकोटको ढाँडेबेसीमा रोकिएका थिए ।

फोहोरका टिप्परसहित शुक्रवार २ ट्रक प्रहरी बञ्चरेडाँडातर्फ लागेका छन् । प्रहरीको स्कर्टिङसहित फोहोर बोकेका गाडी मुड्खुभञ्ज्याङमा रोकिएका छन् । 

विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयले साउन १ गतेदेखि फोहर उठाउन रोकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्