
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रवार शाह र गुरुङलगायतलाई रिहा गर्न माग गरिएको रिट खारेज गरेको हो ।
सञ्चार मन्त्रालयका कृष्णबहादुर राउतलाई भने रिहा गर्न आदेश दिएको छ । राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
भाटभटेनीका सञ्चालक गुरुङलाई असार १२ गते पक्राउ गरिएको थियो ।
*कृष्णबहादुर राउतको हकमा नेपालबाहिर जान नपाउने गरी रिहा गर्न आदेश हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ ।