०९ साउन २०८३, शनिबार

ललितानिवास प्रकरणः *सुधीर साहदेखि मीनबहादुर गुरुङसम्मलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

साउन ५, २०८०
काठमाडौं
ललितानिवास प्रकरणः *सुधीर साहदेखि मीनबहादुर गुरुङसम्मलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई रिहा गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रवार शाह र गुरुङलगायतलाई रिहा गर्न माग गरिएको रिट खारेज गरेको हो ।

सञ्चार मन्त्रालयका कृष्णबहादुर राउतलाई भने रिहा गर्न आदेश दिएको छ । राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । 

भाटभटेनीका सञ्चालक गुरुङलाई असार १२ गते पक्राउ गरिएको थियो ।

*कृष्णबहादुर राउतको हकमा नेपालबाहिर जान नपाउने गरी रिहा गर्न आदेश हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्