२४ जेठ २०८३, आइतबार
सर्वोच्चको आदेश

ललितानिवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न आदेश, देशबाहिर जान रोक

साउन ५, २०८०
काठमाडौं
ललितानिवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न आदेश, देशबाहिर जान रोक

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।​

देशबाहिर जान नपाउने गरी तारेखमा राख्न न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।

'निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशविना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा १५ बमोजिम तारेखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे/जो बुझ्नुपर्छ, बुझी मुद्दाको शीघ्राती शीघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नू/गराउनू भनी परमादेशको आदेश जारी गरिदिएको छ,' सर्वोच्चको आदेशमा भनिएको छ ।

सचिव राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

हेर्नुहोस्, आदेश :

nullnull

salt training

कमेन्ट गर्नुहोस्