
सिप्रदीले देशभरका टाटा मोटर्स शोरूमहरूमा ‘मनसुन म्याजिक’ एक्सचेन्ज क्याम्प शुरु गर्ने भएको छ । नेपाली बजारमा ईभी गाडीहरूप्रति ग्राहकको चासो बढिरहेको विषयलाई मध्येनजर गर्दै साउन ८ गते सोमवारदेखि क्याम्पको आयोजना गरिएको सिप्रदीले जनाएको छ ।
प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरू विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ ।
ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर क्याम्पको आयोजना गरिएको र तुलनात्मक रुपमा ईभी गाडीहरूको बिक्री पनि त्यही क्रममा वृद्धि भइरहेको कम्पनीले जनाएको छ ।
यस्ता छन् प्रमुख विशेषता