०७ असार २०८३, आइतबार

विराटनगरका रोहितको हत्या लुटेरा समूहले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

साउन ६, २०८०
विराटनगर
विराटनगरका रोहितको हत्या लुटेरा समूहले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

सुनसरीको इटहरी–धरान सडक खण्डको सेउती पुलनजिकै शुक्रवार (हिजो) लुटेरा समूहले गोली हानेर रोहित चौधरीको हत्या गरेको खुलेको छ । जंगल क्षेत्रमा लुटपाटका लागि आएको समूहले गोली प्रहार गर्दा विराटनगरकारका चौधरीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

चौधरी शुक्रवार मुलघाटबाट फर्कँदै गर्दा धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्ज खोजको थियो । समूहसँग प्रतिकार गर्दा लुटेराको समूहले गोली चलाएको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए । चौधरीसँगै एक जना युवती पनि थिइन् ।

ती युवती भने सामान्य घाइते भएकी छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटपाटको प्रतिकार गर्दा उनीमाथि समूहले गोली प्रहार गरेको देखिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको डिएसपी राईको भनाइ छ ।

लुटेरा समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ । मृत चौधरी विराटनगरको नोवेल मेडिकल कलेजका कर्मचारी हुन् । मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारा तिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल रोकेर उनीहरू पानी खान भन्दै पानमारा जाने बाटोमा गएका थिए । 'दुई जनालाई देखेपछि तीन जनाको समूहमा आएका लुटेराले लुट्ने प्रयास गर्दा चौधरीले प्रतिरक्षा गर्न खोजेका रहेछन्,' उनले भने, 'अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'त्यसपछि उनीहरूले गोली हानेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।'

 शुक्रवार बेलुका विराटनगर महानगरपालिका -५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्