भारतको बंगालमा फेरि दुई महिलालाई निर्वस्त्र पारिएको छ । केही दिनअघि भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र पारेर सामूहिक बलात्कारको घटनाले भारत तालिरहेका बेला फेरि बंगालमा उस्तै घटना बाहिर आएको हो । तर दुवै घटनाको कारण भने फरक छ ।
बंगालमा चोरीको घटनालाई लिएर दुई महिलालाई निर्वस्त्र पारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार पीडित आदिवासी समुदायका महिला हुन् । उनीहरूलाई बाटोमै रोकेर कपडा च्यात्दै निर्वस्त्र पारिएको हो ।
घटना १९ जुलाईको हो । महिलालाई एक समूहले निर्वस्त्र पारेर कुटपिट गरेको हो ।