×

बर्थ डे मनाउन हिँडेका थिए रोहित, लुटेरा समूहको गोली लागेर बाटोमै अस्ताए

विराटनगर | साउन ६, २०८०

विराटनगरका रोहित चौधरी शुक्रवार बिहान उठेर मन्दिरमा गएका थिए । घर फर्किँदा घर परिवारका सदस्यलाई रसबरी ल्याएर खुवाएका थिए । उनी शुक्रवार २८ वर्षमा लागेको थिए । अर्थात् उनको जन्म दिन थियो ।

मन्दिरबाट आएर आमा बुबाको आशीर्वाद लिएर बर्थ डे मनाउन भन्दै मध्यान्ह १२ बजेतिर घरबाट निस्किएका थिए । उनको घर विराटनगर ५ सम्झना टोलमा पर्छ । बर्थ डे मनाउन हिँडेका रोहित घर फर्किन पाएनन् । बाटोमै उनको अज्ञात समूहले गोली हानी हत्या गर्यो । रोहितले अब २९ औं वर्षको बर्थ डे मनाउन कहिल्यै पाउने छैनन् । 


Advertisment

शुक्रवार सुनसरीको इटहरी–धरान सडक खण्डको सेउती पुलनजिकै लुटेरा समूहले गोली हानेर उनको हत्या गरेका थिए । उनको हत्या भएपछि टोलवासी शोकमा छन्  । कसैका आँखा ओभाना छैनन् । जङ्गल क्षेत्रमा लुटपाटका लागि आएको समूहले गोली प्रहार गर्दा विराटनगरका चौधरीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Advertisment

null

चौधरी शुक्रवार मुलघाटबाट फर्कँदै गर्दा धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्ज खोजको थियो । समूहसँग प्रतिकार गर्दा लुटेराको समूहले गोली चलाएको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए । 

आमा जानकीलाई भने छोराको मृत्युको खबर सुनाइएको छैन । उपचार भइरहेको भनेर ढाँटिएको छ । तर पनि आमा हिजो साँझदेखि नै बेहोस छिन् । बेला बेलामा मुर्छा खाने गरेको रोहितकी ठूला बुबाकी छोरी शान्ता चौधरीले बताइन् । रोहित र उनकी काकाकी छोरी बहिनी नोबेल मेडिकल कलेजमै जागिरे थिए । 

हत्यापछि पहिलो खबर भने काकाकी छोरीले थाहा पाएकी थिइन् । औषधि पसलको दाइले दाजुको हत्या भएछ भनेर सुनाएका थिए । उनले आँट आट गरेर घरमा सुनाइन्  ।  थोरै मात्रै बोलेकी रोहिती बहिनीले आफ्नो नाम समेत भन्न सकिनन् । 

रोहितका बुबा चिनजानकै हुन् । तीनै जनाको आँगन एउटै हो । । बुबा काठका मिस्त्री हुन् भने माइला र कान्छा काका घरमा मार्बल लगाउने गर्छन् । रोहितका तीन जना दाजुभाइ छन्। उनी जेठा हुन् । भाइ माइला पनि निजी क्षेत्रमा नै काम गर्छन् भने कान्छा भने पढिरहेका छन् । हजुरबुबा राम बहादुर चौधरी १७ वर्षदेखि ओछ्यानमा छन् । उनलाई प्यारालाइसिस भएको छ । रोहित आइहाल्छ कि भनेर बाटोतिर मात्रै हेरेर हजुरआमा बस्ने गरेको शान्ताले बताइन् । उनको शव आज नै पोष्टमाटम गर्ने पारिवारिक स्रोतले जनाएको छ ।  

चौधरी बर्थ डे मनाउन एक जना युवती लिएर गएका थिए । ती युवती रोहितको गर्लफ्रेण्ड हुन सक्ने आफन्तको अनुमान छ । ती युवती भने सामान्य घाइते भएकी छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनी खतरा मुक्त रहेकी छिन् ।  लुटपाटको प्रतिकार गर्दा उनीमाथि लुटेरा समूहले गोली प्रहार गरेको देखिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राईले बताए । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी राईको भनाइ छ । लुटेरा समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ । 

मृत चौधरी विराटनगरको नोबेल मेडिकल कलेजमा आइटी अफिसरमा २०७५ सालदेखि कार्यरत थिए । मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारा तिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ । मोटरसाइकल रोकेर उनीहरू पानी खान भन्दै पानमारा जाने बाटोमा गएका थिए । उनीहरूको परिवार सामान्य परिवार हो ।

 

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x