०४ असार २०८३, बिहीबार

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

साउन ६, २०८०
काठमाडौं
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
फाइल फोटो

काठमाडौं र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

ललितपुरको हात्तीवनमा बा ३ ख ४१०८ नंको बसले बा ५६ प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेका ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

आज भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा १ ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ । 

शुक्रवार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो ।

टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामङ्गल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्