०५ असार २०८३, शुक्रबार

गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल

साउन ६, २०८०
काठमाडौं
गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल

नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन्। उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे । 

प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

बागलुङ क्षेत्र नं २ का सांसदसमेत रहेका नेता पौडेलले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भए पनि त्यो सम्भव नहुने स्पष्ट पारे । 

बागलुङको इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख फरार भएको विषयलाई आफूले गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्