२९ जेठ २०८३, शुक्रबार

सुन तस्करीमा सिधै मन्त्री र प्रधानमन्त्री जोडिने हुँदैन, कर्मचारी नै प्रमुख दोषी हुन् : वामदेव गौतम

साउन ७, २०८०
काठमाडौं
सुन तस्करीमा सिधै मन्त्री र प्रधानमन्त्री जोडिने हुँदैन, कर्मचारी नै प्रमुख दोषी हुन् : वामदेव गौतम

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरूको संलग्नता हुन नसक्ने बताए । 

उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्रीभन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए । उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजस्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

उनले भने, ‘सुन तस्करीमा जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भए मात्रै मन्त्री, प्रधानमन्त्री मुछिन सक्छन्, नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् । सुन आओस् कि अरु विषय आउन्, त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिने हुँदैन । सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन, त्यहाँ कस्तो जालो रहेछ, अब यहाँ पनि केही जालो देखापरेको छ, विभिन्न समयमा देखिएको छ । तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ, त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो, भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यसपटक पनि सबै मिलाएको रहेछ । राजस्व अनुसन्धानले थाहा पाएर । नेपाल प्रहरी, भन्सार, राजस्व अनुसन्धान सबैलाई पहिला नै सुन आउँदै भन्ने थाहा थियो । नेपालका व्यापारीले तस्करीको सुन प्रयोग गर्दैनन् । बाहिर नै जान्छ ।’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्