२७ असार २०८३, शनिबार

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

साउन ७, २०८०
काठमाडौं
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्र(स्मार्ट लाइसेन्स)को समस्या चाँडै समाधान गर्ने बताएका छन् । 

आइतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने बताउका हुन् । स्मार्ट लाइसेन्स प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको उनले बताए । 

यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको उनको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने उनले बताए । ‘स्मार्ट लाइसेन्सका बारेमा धेरै गुनासाहरू छन् । हामी यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने तयारी छ,' उनले भने, 'स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ ।'

मन्त्री ज्वालाले चालक, सहचालकहरूको बोलीका कारण पनि कतिपय यात्रुहरूले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्